खेल

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित
चैत्र–३० । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित भएको छ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई हराउन पाउलो डिबालाले दुई तथा जर्जियो चिलिनीले एक गोल गरे । खेलको सातौं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए । उनले पुनः २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । त्यस्तै खेलको ५५ औं मिनेटमा चिलिनीले गरेको गोल नै निर्णायक गोल बन्यो र युभेन्टस बार्सिलोनाविरुद्ध ३–० ले विजयी भयो । खेल अवधिभर बल नियन्त्रण बार्सिलोनाको बढि भएपनि गोल भने गर्न सकेन । यी दुई टिमबिच सन् २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा भेट भएको थियो । त्यसबेला बार्सिलोनाले ३–१ को जित निकाल्दै उपाधि जितेको थियो । हारपछि सेमिफाइनलमा पुग्न बार्सिलोनालाई निकै संघर्ष गुर्न पर्ने भएको छ । दोस्रो लेग अप्रिल १९ मा बार्सिलोनाको मैदान क्याम्प नाउमा हुनेछ ।

च्याम्पियन्स लिग बार्सिलोना युभेन्टस

विशेष