खेल

आइपीएलमा मुम्बईले सनराइजर्सलाई हरायो

आइपीएलमा मुम्बईले सनराइजर्सलाई हरायो
चैत्र ३१ । इण्डियन प्रिमियर लिग आइपीएलमा गएराती भएको खेलमा मुम्बुई इण्डियन विजयी भएको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सनराईज हैदराबादलाई मुम्बईले ४ विकेटले पराजित पराजित गरेको हो । सनराइजर्सका ओपनर व्याट्म्यान शिखर धवन र कप्तान डेविड वार्नरले क्रमश ४८ रन र ४९ रन बाहेक अन्य व्याट्सम्यान चम्किन नसक्दा मध्यम स्कोर बनाएको थियो । सनराइजर्सले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले ६ विकेट गुमाउँदै पुरा गर्यो । जसमा मुम्बईका खेलाडी नितिश रानाको ४५ रन नै सर्वाधिक स्कोर रहयो । खेलमा मुम्बईका बलर जसप्रित बुम्रहा म्यान आफ द म्याच भए । उनले ४ ओभरमा ६ रनको औसतमा २४ रनमात्र दिएका थिए । प्रतियोगिता अन्र्तगत आज लिगतालिकाको शिर्षमा रहेको किङ्स इलाभेन पञ्जाव र कोलकोत्ता नाइट राइडर्स बिच खेल हुने छ ।

IPl t-20

विशेष