मनोरञ्जन

पत्रकार बनेर अमिताभको जीवनबारे जान्ने सोनाक्षीको इच्छा

पत्रकार बनेर अमिताभको जीवनबारे जान्ने सोनाक्षीको इच्छा

चैत ३१ । बलिउड चलचित्र ‘दबंग’ बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री सोनाक्षी सिन्हा अब आफ्नो नयाँ फिल्म ‘नूर’ मा पत्रकारको भूमिका निभाउँदैछिन् ।

सोनाक्षीका अनुसार यदि वास्ताविक जीवनमा पत्रकार भएमा उनलाई महानायक अमिताभ वच्चनको बारेमा धेरै कुरा जान्ने इच्छा भएको बताउँछिन् ।

अभिनेता वच्चनको जिन्दगी निकै रोचक भएका कारण एक माहिर पत्रकार भएर उनको जिन्दगीको बारेमा जान्ने इच्छा भएको उनको भनाइ छ ।  सोनाक्षीको फिल्म ‘नूर’ मा अभिताभ वच्चन नभएर सनी लियोनीसँग भने अन्तर्वाता लिने मौका मिलेको छ ।

फिल्ममा अन्तर्वाताको लागि सोनाक्षीले सनीलाई घन्टौँसम्म कुरेर बस्नुपरेको थियो । सोनाक्षी भन्छिन्, ‘सनी एकदम प्यारी मान्छे हुन् ।’ उनी अभिनित फिल्ममा सनीले पाहुनाको रुपमा अभिनय गरेको कारण आफू खुशी भएको उनी बताउँछिन् ।

उनी अभिनित फिल्म ‘नूर’ २१ अप्रिलमा रिलिज हुँदैछ । उनले उक्त फिल्ममा पत्रकारको भूमिका निभाउँदैछिन् ।

Sonxi Sinha

विशेष