मनोरञ्जन

यस्तो देखिए रनवीर सञ्जय दत्तको अवतारमा

यस्तो देखिए रनवीर सञ्जय दत्तको अवतारमा

चैत ३१ । बलिउड अभिनेता रनवीर कपूर सञ्जय दत्तको बायोपिकमा देखिँदै छन् । उक्त फिल्मको लागि तयारी गरिरहेका कपूरको फोटोहरु सार्वजनिक भएका छन् ।

उक्त फिल्ममा खलनायक मानिने सञ्जय दत्तको जिन्दगीका विभिन्न पाटाहरुलाई देखाइनेछ । फिल्ममा मनिशा कोइरालाले रनबीरकी आमा अर्थात सञ्जय दत्तकी आमाको भूमिका निर्वाह गर्दै छिन् । फिल्ममा अनुस्का शर्मा, दिया मिर्जा, सोनम कपूर, जिम सर्ब र भिकी कौसलको पनि मुख्य भूमिका रहने बताइएको छ ।

फिल्ममा अभिनेता सञ्जय दत्तको बलिउडमा आउँदाको संघर्ष, बाबुसँगको सम्बन्ध, आमाको निधन पछिका दिन र त्यतिबेलाका टप हिरोइनहरुसँगको अफेयरकोबारेमा देखाइन्छ ।

Sanjaya Datta

विशेष