मनोरञ्जन

राष्ट्रिय अवार्ड नजितेकोमा केही गुनासो छैन – आलिया भट्ट

राष्ट्रिय अवार्ड नजितेकोमा केही गुनासो छैन – आलिया भट्ट

बलिउडकी कान्छी अभिनेत्री मानिने आलिया भट्टलाई यो वर्ष लोकमत महाराष्ट्रिय अवार्डबाट सम्मान गरियो । उनी अभिनित फिल्म ‘उड्ता पञ्जाव’ मा सबैले उनको अभिनयको तारिफ गरेपनि उनले राष्ट्रिय अवार्ड भने हात पार्न सकिनन् ।

फिल्म ‘उड्ता पञ्जाव’ मा आलियाको दमदार अभिनयको उनका विरोधीहरुले पनि प्रशंशा गरेका थिए । अवार्ड पछि केही व्यक्तिहरुले आलियासँग राष्ट्रिय अवार्ड नपाएको कुरामा गुनासो पोख्दै थिए ।

तर यसको जवाफमा आलियाले भनिन्, ‘उक्त फिल्मको लागि राष्ट्रिय अवार्ड नपाउनुमा मलाई केही गुनासो छैन । अझै धेरै टाढा पुग्नु छ । यो अवार्डमा हिन्दी र मराठी फिल्महरुले थुप्रै अवार्ड जितेका कारण खुशी मनाउनुपर्ने समय हो । मलाई उक्त कुराप्रति केही दुःख छैन र तपाईहरु पनि दुःख नमान्नुहोस् ।’

Alia Bhatta

विशेष