खेल

रोनाल्डो बने युरोपेली क्लब फुटबलमा सय गोल गर्ने पहिलो खेलाडी

रोनाल्डो बने युरोपेली क्लब फुटबलमा सय गोल गर्ने पहिलो खेलाडी
चैत्र–३१ । युरोपेली क्लब फुटबलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एक सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । बुधबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत वायर्न म्युनिखविरुद्धको पहिलो लेगमा २ गोल गर्दै उक्त कीर्तिमान बनाएका हुन् । उनले कीर्तिमान बनाउन १ सय ४३ खेल खेले । पछिल्लो ६ खेलमा गोल गर्न नसकेका रोनाल्डोले म्युनिखविरुद्धको खेलमा ४७ र ७७ मिनेटमा दुई गोल गरेका थिए । उक्त खेलमा मड्रिड २–१ ले विजयी भएको थियो । यो सिजनको च्याम्पियन्स लिगमा उनले ४ गोल गरेका छन् । रोनाल्डोले यो उपलब्धी चुम्न १० वर्ष २ दिन कुर्नु परेको थियो । उनले सन् २००७ को अप्रिल १० मा म्यानचेस्टर युनाइटेडबाट रोमाविरुद्ध युरोपेली क्लब फुटबलमा पहिलो गोल गरेका थिए । रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीबीच सय गोलको लागि ठूलो प्रतिस्पर्धा चलेको थियो । मेस्सीको भने १ सय १८ खेलबाट ९७ गोल रहेको छ ।

च्याम्पियन्स लिग युरोपेली क्लब फुटबल रियल मड्रिड रोनाल्डो

विशेष