खेल
डिपिएलः विराटनगर ८ विकेटले विजयी, सिवाइसी ९२ रनमा समेटियाे
बिहिबार, ३१ चैत २०७३ गते प्रकाशित

चैत्र–३१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किङ्स ८ विकेटले विजयी भएको छ ।
लिगअन्तर्गत भएको खेलमा विराटनगरले सिवाइसी अत्तरियाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ दशमलव ५ ओभरमा मात्र दुर्इ विकेटकाे क्षतिमा लक्ष्य भेटाउन सफल भयो ।
विराटनगरको लागि अाशिफ शेखले नटअाउट ४६ रन बनाए भने दीपेन्द्र सिंह एेरीले नटअाउट २६ रन बनाए ।
पहिले ब्याटिङ गरेकाे सिवाइसीले निर्धारित अाेभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएकाे थियाे । सिवाइसीकाे लागि मेहबुब अलामले सर्वाधिक २७ रन जाेडे भने करण केसीले १८ रन बनाए । त्यसबाहेक अन्यले दाेहाेराे रन बनाउन सकेनन् । विराटनगरकाे लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट अाफ्नाे नाम गरे । उनले ४ अाेभरमा २ मेडेन राख्दै ७ रन मात्र खर्चेर ३ विकेट लिएका थिए ।
जितसँगै विराटनगर ४ अंक जाेड्दै तेस्राे स्थानमा उक्लेकाे छ । समान ४-४ अंक रहेको रुपन्देही र काठमाडौं रनरेटका आधारमा क्रमश: पहिलो र दोस्रो स्थानमा छ ।
क्रिकेट
धनगढी प्रिमियर लिग (डिपिएल)
विराटनगर किङ्स
सिवाइसी अत्तरिया