खेल

पिएफए वर्ष खेलाडीको मनोनयन सार्वजनिक, को–को परे ?

पिएफए वर्ष खेलाडीको मनोनयन सार्वजनिक, को–को परे ?
 
चैत्र–३१ । पिएफए वर्ष खलाडी अवार्डका लागि ६ जना खेलाडी मनोनयनमा परेका छन् । प्रोफेशनल फुटबलरस एशोसिएशनले प्रदान गर्ने वर्ष खेलाडी अवार्डको लागि बिहीबार मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिएको हो । पिएफए वर्ष खेलाडीको लागि चेल्सीका इडन हजार्ड र एनगोलो कान्टे, म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोभिक, टोटनह्यामका ह्यारी केन, इर्भटनका रामेलु लुकाकु र आर्सनलका एलेक्स सान्चेज मनोनयनमा परेका छन् । यस्तै पिएफए वर्ष युवा खेलाडीका लागि रामेलु लुकाकु, ह्यारी केन, डेल अली, माइकल केएने, जोर्डन पिकफोर्ड र लिरोय साने मनोनयनमा परेका छन् । अघिल्लो वर्ष लेस्टर सिटीका रियाद महरेजले वर्ष खेलाडीको उपाधि जितेका थिए ।    

पिएफए वर्ष खेलाडी फुटबल मनोनयन

विशेष