समाज

०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष - अध्यक्ष राणा

०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष - अध्यक्ष राणा
चैत्र - ३१ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग बसाउन निर्वाचन आवश्यक रहेको बताएकी छिन् । रिपोर्टर्स क्लबमा अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन अपरिहार्य रहेको बताएकी हुन् ।
उनले नयाँ वर्ष ०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने स्पष्ट पारिन् । आफ्नो नेतृत्वको उद्योग वाणिज्य महासङ्घले आर्थिक समृद्धिका लागि विशेष योजनासहित काम गर्ने बताउँदै राणाले भनिन्,‘मुलुकले विकाससँगै समृद्धि चाहेको छ, विकासको विकल्प छैन, मेरो नेतृत्वको महासङ्घले सरकारसँगको सहकार्यमा आर्थिक समृद्धिका कामहरुलाई अघि बढाउँछौं ।’ मुलुकमा रोजगारी सिर्जना गर्ने र युवाहरूलाई विदेश पलायनहुनबाट रोक्न महासङ्घले काम गर्ने बताईन् । राणाले युवाहरूलाई विदेश पलायनबाट रोक्नको लागि महासङ्घले देशको सात वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना सुनाईन् । उनले महासङ्घका अघिल्ला नेतृत्वहरुले अघि सारेका नीति तथा कार्यक्रमहरुलाई समेत आफूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । सम्बन्धित मन्त्रालयसँगको समन्वय तथा सहकार्यमा देशका विभिन्न ठाउँहरूमा स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
 

Bhawani Rana

विशेष