समाज

आमा र बाबुसँगै नौ महिने बालक जेलमा

आमा र बाबुसँगै नौ महिने बालक जेलमा
- दीपबहादुर घर्ती
जाजरकोट, चैत्र - ३१ । जाजरकोटमा आमा र बाबासंगै नौ महिनाका एक नाबालक जेल परेका छन् । बहुबिबाहको मुद्दामा अदालतकाे फैसला भएपछि आमा र बाबासंगै नौ महिनाका नाबालक पनि जेलमा परेका हुन् ।
कैद सजाएका लागि कारागार चलान गरिएका आमा र बाबुसंगै रग्दा–४ रावतगाउँका नौ महिने नाबालक बिक्रान्त बिक जेल परेका छन् । अदालतको आदेशमा कैद सजायका लागि कारागार चलान गरिएका बाबा र आमासंगै जेल परेका बिक्रान्तका बुवा धनबहादुर विकले २०६५ सालमा पुन्मा दोकानाकि अस्मिता बिकसंग पहिलो बिबाह गरेका थिए । अस्मिता विकबाट धनबहादुरका दुई छोरी छन् । २०७१ सालमा रग्दा–४ रावतगाउँकै मिना विकलाई धनबहादुरले दोश्रो श्रीमतिका रुपमा घर भित्र्याएका थिए । गत असारमा धनबहादुरकी जेठी श्रीमती अस्मिताले लोग्ने र साैता मिना बिकको विरूद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गरेकी थिईन् । उक्त मुद्दामाथि जिल्ला अदालतले गत माघ २५ गते नै फैसला सुनाएकाे थियाे । अदालतको फैसलाले धनबहादुर बिकले १८ महिना कैद सजाय भोग्नुको साथै १५ हजार जरिवाना तिर्नु पर्ने भएको छ भने, मिना बिकले १२ महिना कैद सजाय र ५ हजार जरिवाना तिर्नु पर्ने भएको छ । अदालतले मुद्धा फैसला गरेको ६० दिन गुजारेर बिहीवार नौ महिनाको छोरा बिक्रान्त बिकलाई साथमा लिएर धनबहादुर र मिना कैद सजाय भोग्न कारागार गएका छन् । १७ बर्षको उमेरमा धनबहादुरको दोश्रो श्रीमती बनेकी मिना हाल १९ बर्षको उमेरमा नौ महिनाको छोरा लिएर कैद सजाय भोग्न कारागार पुगेकी छन् । आमा र बाबुसंग जेलमा परेका ति नौ महिने बिक्रान्तका सुनौला हजार दिन कारागारमा के कस्ता रहलान ? अधिकारकर्मीले सोच्नु पर्ने बिषय भएको नागरिक समाज अगुवा राजेन्द्र विक्रम शाहको भनाई रहेको छ । कारागारमा रहेका नौ महिने बिक्रान्तका सुनौला हजार दिनमा “हरेकबार खाना चार” लागू हुन नसक्ने कुरामा अगुवा शाहले जोड दिए ।

बालक जेलमा

विशेष