मनोरञ्जन

यसकारण छाडिन शाहरुखलाई दिपिकाले

यसकारण छाडिन शाहरुखलाई दिपिकाले

एजेन्सी । दिपिका पादुकोणले शाहरुख खानसंग तय भएको निर्देशक आनन्द एल रायको फिल्म खेल्नलाई हस्ताक्षर गरेकी थिइन ।

फिल्ममा शाहरुख एक बामपुड्केको भुमिकामा अभिनय गर्नेवाला थिए । दिपिको कस्तो भूमिका रहको छ सार्वजनिक हुनुअघि नै फिल्म छोडेको खबर भारतीय समाचार माध्यममा आउन थालेका छन् ।

दिपिकाले आनन्द एल रायको फिल्म छोड्नुको पछाडी उनको व्यस्तता नै कारण बनेको हो । जयपुरमा भन्सालीसंग सुटिङ सेटमा कुटपिट पश्चात ‘पद्यावती’को सुटिङ मिति सारिएको थियो ।

त्यसैले भन्साली र आनन्दको फिल्मको मिति आपसमा जुध्द्ने देखिन्छ । त्यसैले दिपिकाले आनन्दको फिल्म छोडेकी बताएको छ ।

Dipika Padhukon

विशेष