मनोरञ्जन

आफ्नै फिल्म हेरेर रोइन् स्वस्तिमा

आफ्नै फिल्म हेरेर रोइन् स्वस्तिमा

बैशाख १ । आज बैशाख १ गतेबाट फिल्म ‘लभ लभ लभ’ देशभर रिलिज भएको छ । फिल्म हेरेर आफै रोएको स्वस्तिमाले एक अन्तर्वातामा बताइन् ।

फिल्म रिलिज हुनु अघि प्रेस सो गरेर पत्रकारहरुलाई फिल्म देखाइएको थियो । यसअघि व्यस्तताका कारण फिल्म हेर्न नपाएकी स्वस्तिमाले पहिलो पटक प्रेस सोमा हेरेकी थिइन् । फिल्म हेरेर स्वस्तिमा आफैँ रोइन् । फिल्ममा आफूले गल्ती गरेको ठाउँ पनि धेरै देखेको उनले बताएकी छिन् ।

माया प्रेमको जानरामा बनेको फिल्म लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यस अघि पनि उनले ‘पशुपति प्रसाद’, ‘चपली हाइट २’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मलाई शर्मिला पाण्डेले निर्देशन गरेकी हुन् । फिल्मप्रति निर्देशक खनाल पनि फिल्मले सबै दर्शकलाई रिजाउनेमा आशावादी छन् ।

Swastima

विशेष