मनोरञ्जन

पाकिस्तानको सेन्सरबोर्डबाट ‘बेगम जान’ रिजेक्ट, तनावमा महेश भट्ट

पाकिस्तानको सेन्सरबोर्डबाट ‘बेगम जान’ रिजेक्ट,  तनावमा महेश भट्ट

बैशाख १ । एक पछि अर्को गर्दै पाकिस्तानमा बलिउड चलचित्र रिलिज नहुने क्रममा छन् । शाहरुख खान अभितिन फिल्म ‘रइस’, तापसी पन्नुको ‘नाम शबाना’ र आमीर खानको ‘दंगल’ पछि विद्या बालनको ‘बेगम जान’ पनि पाकिस्तानमा रिलिज नहुने भएको छ ।

फिल्म रिलिज नहुनुमा फिल्मका निर्माता महेश भट्टलाई चोट पुगेको छ । एक अन्तर्राष्ट्रिय अखबारसँग कुरा गर्दै उनले भने, ‘मैले पाकिस्तानमा रहेका डिस्ट्रिब्युटसँग पनि कुरा गरें । त्यसैगरि पाकिस्तानी सेन्सर बोर्डलाई पनि एक पटक फिल्म हेर्न रिक्वेस्ट गरें ।’ यति गर्दा पनि पाकिस्तानमा बेगम जान रिलिज नगर्ने खबर आएको निर्देशक भट्टले बताएका छन् ।

खबरअनुसार उक्त फिल्म भारतको विभाजनको कथामा आधारित रहेको बताइएको छ । फिल्म ‘रइश’ र ‘नाम शबना’ लाई पाकिस्तानी सेन्सर बोर्डले रिजेक्ट गरेको थियो । तर, फिल्म ‘दंगल’ लाई भने आमिर खान आफैँले रिलिज नगर्न आदेश दिएका थिए ।

Begam Jan

विशेष