समाज

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध
वैशाख १ । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । [caption id="attachment_63627" align="aligncenter" width="675"] फाइल तस्विर[/caption]   नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम थालिएको छ । थप पहिरो नखसेमा एक घन्टाभित्रमा सडक सञ्चालनमा आउने उनले बताए । यद्यपि तीन दिनयता सो ठाउँमा पहिरो खसिरहेकाले यकिन भन्न नसकिएको उनले बताए । तीन दिनअघि सोही ठाउँमा खसेको पहिरोले बोलेरो जिप पुरिएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । पहिरो बढी खसेपछि बिहान ९ः१५ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । करिब ३५ मिटर माथिबाट पहिरो खसेको होे । पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँचकिलोको बीचमा पर्दछ । दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकेर काम हुँदै आएको छ । सडक रोक्नु अघि बाटो कट्न छिरेका ठूलो सङ्ख्यामा सवारीसाधन सडक अवरुद्ध भएपछि जाममा परेको प्रहरीले जनाएको छ ।

Narayan mugling Sadak

विशेष