खेल

आइपिएलः कोलकत्ता ८ विकेटले विजयी, तालिकाको शीर्ष स्थानमा उक्लियो

आइपिएलः कोलकत्ता ८ विकेटले विजयी, तालिकाको शीर्ष स्थानमा उक्लियो
वैशाख–१ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स ८ विकेटले विजयी भएको छ । जितसँगै कोलकत्ता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा कोलकत्ताले किंग्स इलाभेन पञ्जावलाई पराजित गरेको हो । खेलमा १ सय ७१ रनको लक्ष्य कोलकत्ताले १६ दशमलव ३ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको हो । कोलकत्ताको लागि कपतान गौतम गमिभरले सर्वाधिक ७२ रन बनाए । उनले आइपिउलमा ३३ औं अर्धसतक पूरा गरेका छन् । यस्तै सुनिल नारायनले ३७, रविन उथप्पाले २६ र मनिष पाण्डेले २५ रन बनाए । पञ्जावको लागि बरुन आरोन र अक्सर पटेलले एक–उक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । पञ्जावको लागि मनन भोरा र डेभिड मिलरले समान २८ रन बनाएका थिए । त्यस्तै हसिम अमला, ग्लेन म्याक्सवेल र हृद्धिमन शाहले समान २५ रन जोडे । कोलकत्ताको लागि उमेश यादवले सर्वाधिक चार विकेट लिएका थिए । त्यस्तै गरि क्रिक्स वेक्सले दुई साथै सुनिल नारायन, पियुश चावला र कोलिन डे ग्यान्डहोमले एक–एक विकेट लिए ।

इण्डियन प्रिमियर लिग (आइपिएल) किंग्स इलाभेन पञ्जाव कोलकत्ता नाइट राइडर्स क्रिकेट

विशेष