खेल

डिपिएलः रुपन्देहीको लगातार तेस्रो जित, काठमाडौं पराजित

डिपिएलः रुपन्देहीको लगातार तेस्रो जित, काठमाडौं पराजित
वैशाख–१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा रुपन्देही च्यलेन्जर्स १५ रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा रुपन्देही काठमाडौं गोल्डेन्सविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सफल भयो । काठमाडौंको लागि सुमित महर्जनले सर्वाधिक २७ रन बनाए । त्यस्तै सुभेन्दु पाण्डे र रोहित कमारले समान २० रन बनाए । रुपन्देहीको लागि शक्ति गौचनले सर्वाधिक तीन विकेट लिए । यस्तै विक्रम शोब र कृष्ण कार्कीले समान दुई–दुई विकेट लिए भने पुष्प थापा र साहव आलमले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । रुपन्देहीका लागि नुरध्वज सेनले सर्वाधिक ३७ रन बनाए । यस्तै पुष्प थापाले ३६ रन तथा शंकर रानाले १६ रन बनाए । काठमाडौंको लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले एक–एक विकेट लिएका थिए ।

काठमाडौं गोल्डेन्स क्रिकेट धनगढी प्रिमियर लिग (डिपिएल) रुपन्देही च्यलेन्जर्स

विशेष