Breaking News मनोरञ्जन

यी हुन् २०७३ का सफल चलचित्रहरु

यी हुन् २०७३ का सफल चलचित्रहरु

बैशाख - १ । २०७३ साल नेपाली चलचित्र क्षेत्रको लागि सन्तोषजनक रह्यो । केही फिल्मले उत्साहजनक उपलब्धी गरेका छन् भने केही फिल्मले स्वदेशमा मात्र नभई प्रदेशमा पनि सफलता पाएका छन् । यस वर्षमा करिब ८५ वटा चलचित्रहरु प्रदर्शनीमा आए । तर, सबैले लगानी भने उठाउन सकेनन् । केहीले भने आशा गरेभन्दा धेरै ठूलो सफलता हात परे त्यसैमध्ये केही चलचित्रले भने इतिहास रच्न सफल भएका छन् । यस वर्ष हलमा प्रदर्शन भएर नाफा कमाउन सफल भएका चलचित्र करिब ६ वटामात्र रहे भने अन्यले विदेशमा प्रदर्शन गरेर कमाई गरे । व्यापारिक हिसाबले असफल भएपनि केही चलचित्रका कथावस्तु, छायांकन, लोकेसन, सिक्वेललगायतको प्रशंशा भयो । यी हुन् गएको वर्षमा लगनी उठाउन सफल भएका १० चलचित्र ।
१) छक्कापञ्जा — यो वर्ष चलचित्र क्षेत्रमा एतिहासिक किर्तिमान कायम गर्न सफल भएको चलचित्र हो छक्कापञ्जा । हाँस्य कलाकारहरुले सामूहिक रुपमा निर्माण गरेको उक्त फिल्मले धेरै दर्शकहरुको मन जित्न सफल भयो । वैदेशिक रोजगारीको कथावस्तुको आधारमा रहेर बनेको उक्त फिल्म ८० लाखको लगानीमा बनेको थियो । प्रदर्शन पछि फिल्मले करिब १८ करोडा व्यापार गर्न सफल भएको थियो ।
२) जात्रा — फिल्म छक्कापञ्जा पछि रिलिजमा आएको फिल्म ‘जात्रा’ ले पनि राम्रै सफलता हात पार्यो । २०७३ सालकाो हिट फिल्ममा दरिएको चलचित्र ‘जात्रा’ प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, रबिन्द्र झाको अभिनयले धेरै चर्चा पायो । स्वदेश मात्र नभएर विदेशमा गरिएको प्रदर्शनबाट पनि जात्राले धेरै रकम सकंलन गर्यो । फिल्मले निर्मातालाई पनि राम्रै नतिजा दियो ।
३) नाई नभन्नु ल ४ — चौथो संस्करणमा आएको फिल्म ‘नाइ नभन्नु ल ४’ पनि दर्शकको रोजाइमा पर्न सफल भयो । विकास आचार्यको निर्देशनमा बनेको उक्त फिल्म देशभरका ६० हलहरुमा एकसाथ रिलिज भएको थियो । फिल्मले उल्लेख्य आम्दानी गर्न सफल भएको थियो ।
४) लुट २ — चार वर्ष अघि प्रदर्शनीमा आएको चलचित्र ‘लुट’ नेपाली चलचित्रको कोशेढुंगा साबित भयो । त्यसैको सिकवेल बनेर प्रदर्शनमा आएको फिल्म ‘लुट २’ ले झन्डै डेढ करोडभन्दा बढिको व्यापार गर्न सफल भयो । फिल्म रिलिज अघि पनि ‘ठमेल बजार’ बोलको गीतले निकै चर्चा बटुलेको थियो । निश्चल बस्नेत निर्देशित यस फिल्मले विदेशमा पनि थप आम्दानी गर्न सफल भयो ।
५) पुरानो डुंगा — फिल्म ‘पुरानो डुंगा’ को ‘निर जैले रिसाउनी’ बोलको गीतले निकै चर्चा बटुल्यो । गीतबाट अत्याधिक आशा गरिएको उक्त फिल्मले भने खासै राम्रो प्रतिक्रिया पाएन । फिल्ममा कथालाई राम्ररी ढाल्न नसकिएका टिप्पणीहरु आए । प्रतिक्रिया राम्रो नआए पनि फिल्मले व्यापार भने राम्रै गर्न सफल भयो । रामबाबु गुरुङको निर्देशनमा बनेको उक्त फिल्मले हङकङ, कोरिया, अमेरिका, बेलायतजस्ता देशमा पनि नाफा र चर्चा कमायो ।
६) कालो पोथी — मुगुको मौलिकतालाई उतारेर बनाइएकको चलचित्र ‘कालो पोथी’ले पनि राम्रो सफलता हात पार्यो । भेनिस फिल्म फेस्टिभलमा पुरस्कृत भएर झनै चर्चा बटुलेको उक्त फिल्मलाई मीनबहादुर भामले निर्देशन गरेका हुन् । आमदानी उल्लेख्य गर्न नसके पनि यस चलचित्रले सकारात्मक चर्चा भने बटुल्यो । फिल्मको विषयवस्तु र बाल कलाकारको अभिनयको अत्याधिक प्रशंशा भयो ।
७) वीर विक्रम — मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ ग्रामीण परिवेशलाई आधार मानेर बनेको थियो । फिल्मले व्यावसायिक रुपमा ठिकठाकै व्यापार गरे पनि दर्शकको मनमा बस्न सफल भयो । चलचित्रमा दयाह्याङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दिया पुनको अभिनयको प्रशंशा भयो ।
८) लप्पन छप्पन — करिब दुई करोडभन्दा बढी लगानीमा बनेको चलचित्र ‘लप्पन छप्पन’ ले पनि राम्रै सफलता पायो । ७५ प्रतिशत छायांकन युरोपमा भएको उक्त चलचित्रले आमदानी भने सोचेजस्तो गर्न सकेन ।
९) चपली हाइट २ — फिल्मका सिक्वेलहरुले पहिलाजस्तो खासै राम्रो व्यापार गर्न नसकेको प्रशस्त उदाहरण छन् । त्यसमध्ये चलचित्र ‘चपली हाइट २’ को अवस्था पनि करिब त्यस्तै भयो । तरm फिल्मले लगानी भने डुब्न दिएन ।
१०) गाजलु — युवाहरुका ढुकढुकी मानिने अभिनेता अनमोल केसीका क्रेजका कारण फिल्म ‘गाजलु’ मा अनमोलाई पर्दामा हेर्न धेरै दर्शकक हलसम्म पुगे । राम्रै सफलता पाएको उक्त चलचित्रले घाटा भने व्यहोर्नु परेन ।

Hit Nepali Movie

विशेष