खेल

डिपिएलः अत्तरिया ४० रनले विजयी, पारसको टोलीलाई प्लेअफमा पुग्न गाह्रो

डिपिएलः अत्तरिया ४० रनले विजयी, पारसको टोलीलाई प्लेअफमा पुग्न गाह्रो
वैशाख–१ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा सिआईसी अत्तरिया ४० रनले विजयी भएको छ । लिगअन्तर्गत भएको खेलमा सिआईसी धनगढी टिम चौरहाविरुद्धको खेलमा विजयी भएको हो । खेलमा १ सय ४३ रनको लक्ष्य पछ्याएको पारसको कप्तानीमा रहेको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सफल भयो । धनगढीको लागि रामनरेश गिरीले सर्वाधिक ३९ रन बनाए । त्यस्तै शौरभ खनालले २३ र अनिल मण्डलले १९ रन बनाए । सिआईसीको लागि मेहबुब आलम र सुरेन्द्र चन्दले समान तीन–तीन विकेट लिए । यस्तै विनोद लामाले २ विकेट लिन सफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । अत्तरियाको लागि रोशन नेपालीले सर्वाधिक ३६ रन बनाए । त्यस्तै योगेन्द्र सिंह कार्कीले नटआउट २७, प्रदिप ऐरीले २६ र करण केसीले नटआउट २५ रन बनाए । धनगढीको लागि शौरभ खनालले २ विकेट लिन सफल भएका थिए ।

क्रिकेट धनगढी टिम चौरहा धनगढी प्रिमियर लिग (डिपिएल) सिआईसी अत्तरिया

विशेष