देश

बर्दिया राष्टिय निकुञ्जमा बन्यजन्तु सप्ताह सुरु

बर्दिया राष्टिय निकुञ्जमा बन्यजन्तु सप्ताह सुरु
बैशाख - १ । बर्दिया राष्ट्रिय निकुञ्जमा बैशाख १ गते सुक्रवार देखि साताब्यापी जनचेतनामुलक कार्यक्रमसहित वन्यजन्तु सप्ताह सुरु भएको छ । 'युवाको अग्रसरता, संरक्षण र समृद्धिको सुनिश्चितता' भन्ने नाराका साथ २०७४ साल बैशाख १ गते देखि ७ गतेसम्म बर्दियामा मनाउन लागिएकाे हाे । २२ औं वन्यजन्तु सप्ताहको पहिलो दिन सुक्रवार बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरमा एक कार्यक्रमका बिच उच्च अदालत तुल्सिपुरका मुख्य न्यायाधिस बम कुमार श्रेष्ठले निकुञ्जको झण्डोत्तोलन गरेर शुभारम्भ गरे । एक साताभरी बन्यजन्तु संरक्षण सम्बन्धि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी जनचेतनामुलक कार्यक्रम गरी मनाईने निकुञ्जले जनाएको छ । मानवख र बन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरणका लागि सहकार्य गर्न पनि २२ औं बन्यजन्तु सप्ताह १ गते देखि संचालन हुन लागेको निकुञ्जका निमित्त संरक्षण प्रमुख रमेश थापाले बताए । वन्यजन्तु सप्ताहको पहिलो दिन महत्वका बारेमा सेन्स नेपालका केन्द्रिय अध्यक्ष दिनेश चन्द्र गौतम, पर्यापर्टन बिकास मञ्चका अध्यक्ष मोहनलाल चौधरी, मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्य र मुख्य न्यायाधिश माननिय बम कुमार श्रेष्ठले मन्तब्य राखेका थिए। बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले संचालन गरेको समुद्घघाटन कार्यक्रममा स्वदेशि तथा बिदेशी पर्यटक संरक्षणप्रेमी स्थानीय वासिन्दा, उपभोक्ता समूह र समितिका पदाधिकारीहरु, युवा, महिला र बिद्यार्थी तथा निकुञ्जका कर्मचारी एवं सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । साताब्यापी कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यापर्यटन विकास मञ्च, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, इको क्लव, सेन्स नेपाल, महिला बातावरण उपसमिति, प्रकृति पथ प्रदर्शक संघ तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान लगायतको सहभागिता रहन्छ ।

बर्दिया राष्टिय निकुञ्ज

विशेष