खेल

आइपिएलः मुम्बईको रोमाञ्चक जित, बद्रीको ह्याट्रिकले बैङ्लोरलाई जिताउन सकेन

आइपिएलः मुम्बईको रोमाञ्चक जित, बद्रीको ह्याट्रिकले बैङ्लोरलाई जिताउन सकेन

वैशाख–१ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको खेलमा रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा मुम्बईले बैङ्लोरमाथि ४ विकेटको जित हात पारेको हो । १४३ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुवात निकै खराब थियो । साथै सामुअल बद्रीले पावर प्लेमै ह्याट्रिक विकेट लिएपछि मुम्बईले चार विकेट गुमाउँदा मात्र ७ रन जोडेको थियो ।
आइपिएल २०१७ को संस्करणमा बद्रीले पहिलो ह्याट्रिक विकेट लिएका छन् । यद्यपि आफ्नो टोलीलाई जिताउन भने सकेनन् । सुरुवाति ब्याटिङ निकै खराब भएपछि पार्थिव पटेल ३, जोस बट्टलर २ तथा रोहित शर्मा र मिचेल मिक्लेनाहान शुन्यमै आउट भएका थिए । निथित रान पनि पनि ११ रन मात्र बनाएर आउट भएका थिए । ५ विकेट झरिसकेको समयमा मुम्बईको स्कोर ५५ रन मात्र थियो । तर, केरन पोलार्ड र क्रुनाल पाण्डेले छैटौं विकेटको लागि ९३ रनको साझेदारी गरेपछि मुम्बईले गुमाइसकेको खेल आफ्नो पक्षमा लिएको हो । पोलार्डले सर्वाधिक ७० रन बनाए भने क्रुनालले ३७ तथा हार्दिक पाण्डेयले ९ रन बनाएर जित दिलाए । यसअघि पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो । टोलीको लागि विराट कोहलीले सर्वाधिक ६२ रन बनाए भने क्रिस गेलले २२ रनको योगदान दिए । क्रिस गेलले टी–२० क्रिकेटमा १० हजार रनको रेकर्ड बनाउन मात्र ३ रनले पछि छन् । लगातार तीन खेलमा जित दर्ता गरेसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट मुम्बई इण्डियन्स रोयल च्यालेन्जर्स बैङ्लोर

विशेष