स्वास्थ्य

मानसिक रोगी दिनानुदिन बढ्दै

मानसिक रोगी दिनानुदिन बढ्दै
वैशाख–२ । नेपालमा मानसिक रोग थपिँदै गएको मनोचिकित्सकहरुले बताएका छन् । बेवारिसे हुने, बाँधेरै राख्नुपर्ने अवस्थालाई मात्र मानसिक रोग मान्ने प्रवृत्तिका कारण दिनानुदिन रोगी थपिएको चिकित्सकहरुको भनाइ छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा.सरोजप्रसाद ओझाका अनुसार मानसिक रोगी स्वास्थ्य संस्थासम्म पुगे पनि रोगबारे खुलेर बोल्न हिच्किचाउँछन् । यसबारे खुलेर कुरा नगरेसम्म रोग निर्मूल नहुने उनको भनाइ छ । समुदायमा ६ देखि ८ प्रतिशत महिला तथा ३ देखि ५ प्रतिशत पुरषमा यो रोग देखापर्ने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकले देखाएको छ । सन् २००५ यता १० वर्षको अवधिमा मानसिक रोगीको संख्या १८ प्रतिशतले वुद्धि भएको कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले बताए । विश्वस्तरमै दिनानुदिन मानसिक रोगीको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । संगठनका अनुसार नेपालमा वार्षिक ९ लाख मानसिक रोगी थपिने गरेका छन् । डा.ओझा भन्छन्,‘यो कुल संख्याको ४ प्रतिशत हो ।’ त्यस्तै विश्वको तथ्यांक हेर्दा हरेक वर्ष ३ करोड मानसिक रोगी थपिने गरेका छन् । यसले आत्महत्या गर्नेको संख्या बढिरहेको मनोचिकित्सक डा.कमल थापा बताउँछन् । –कान्तिपुर दैनिकबाट

नेपाल मनोचिकित्सक मानसिक रोग

विशेष