खेल

डर्टमण्ड बमकाण्डः इस्लामिक विद्रोहीको संलग्नतामा शंका उत्पन्न

डर्टमण्ड बमकाण्डः इस्लामिक विद्रोहीको संलग्नतामा शंका उत्पन्न

वैशाख–२ । जर्मन क्लब बोरुसिया डर्टमण्डका खेलाडी चढेको बसमा भएको आक्रमणमा इस्लामिक विद्रोहीको संलग्नता रहेकोमा शंका उत्पन्न भएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत मोनाकोसँगको पहिलो लेग खेलका लागि डर्टमण्डस्थित रंगशालातर्फ जाँदै गर्दा बसमा तीनवटा बम आक्रमण भएको थियो । आक्रमणमा डर्टमण्डका खेलाडी मार्क बाट्रा घाइते भएका थिए । आक्रमणको कारण मंगलबार हुने भनिएको खेल रोकिएर बुधबार भएको थियो । गएको मंगलबार राति भएको बम आक्रमणमा इस्लामिक विद्रोही समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान थियो । तर घटनास्थलबाट फेला परेको पर्चा इस्लामिक विद्रोहीको नरहेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।
राजनीतिक अतिवादी वा फुटबलका उग्र समर्थकले घटना गराएको हुन सक्ने देखिएको छ । घटनामा संलग्न भएको आरोपमा बुधबार २५ वर्षका इराकी नागरिक पक्राउ परेका थिए । तर घटनास्थल नजिकै फेला परेको पर्चा इस्लामिक नभएकाले घटना राजनीतिक वा अराजक फुटबल समर्थकबाट भएको हुन सक्ने सम्भावना बढेको छ । घटनास्थल नजिकै भेटिएको उक्त पर्चामा ‘अल्लाहको नाममा’ लेखिएपनि त्यो इस्लामिक विद्रोहीलाई घटनाको आरोप लगाउन चाहेको हुन सक्ने वा मानिसलाई कसले आक्रमण गरेको भनेर झुक्काउन त्यसो गरेको पनि हुन सक्ने अधिकारीहरु बताउँछन् ।

इस्लामिक विद्रोही बमकाण्ड बोरुसिया डर्टमण्ड शंका संलग्नता

विशेष