मृत्यु हुँदा गर्भवती थिइन् यी अभिनेत्री, परिवारलाई लाश पनि मिलेन


वैशाख–२ । बलिउडको चर्चित फिल्म ‘सूर्यवंशम’ रिलिज हुनेबित्तिकै फ्लप भएको थियो । तर, आज यो बलिउडको सबभन्दा चर्चित फिल्ममध्ये एक हो । मुभी च्यानलमा हरेक दुई तीन दिनमा यो फिल्म देखाइने गरेको छ । फिल्ममा अमिताभ बच्चनसँग दक्षिण भारतीय फिल्मकी नायिका सौन्दर्या रघुले जोडि बाँधेकी थिइन् । फिल्म रिलिज भएको पाँच वर्षपछि सौन्दर्याको मृत्यु भएको थियो । जब उनको मृत्यु भयो, त्यतिबेला उनी गर्भवती थिइन् । तर, उनको घरपरिवारलाई उनको लाश पनि मिलेन ।

सन् २००४ मा भारतीय जनता पार्टी र तेलेगु देशम पार्टीको उम्मेद्वारको लागि चुनावी प्रचारमा करीमनगर जाने समयमा जहाज दुर्घटना भएर उनको मृत्यु भएको थियो । मृत्यु हुँदा उनी ३१ वर्षकी थिइन् । मृत्युको एक वर्ष अघिमात्रै उनले सफ्टवेयर इन्जिनियरसँग विवाह गरेकी थिइन् । नायिका सौन्दर्या रघु फिल्म ‘सूर्यवंशम’ बलिउड मृत्यु