स्वास्थ्य

दाँत बिगार्ने १० गल्ती

दाँत बिगार्ने १० गल्ती

 


बैशाख २ । दाँतले अनुहारलाई सुन्दर देखाउन मद्दत गर्छ । दाँत सफा हुँदा अनुहार सुन्दर देखिनुका साथै व्यक्तित्व पनि राम्रो हुने गर्छ । तर, हाम्रा केही यस्ता बानी छन् जसका कारण दाँत बिग्रने सम्भावना बढि हुन्छन् । दाँत बिगार्ने १० गल्ती यस्ता छन् ।


१. नियमित परीक्षण नगर्नु

 नियमित परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म कुर्नु हुँदैन । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ ।

२. समस्या तत्कालै भुल्नु

कुनै पनि समस्याबाट आराम मिल्ने बित्तिकै बिर्सने बानी खतरनाक साबित हुनसक्छ । फलोअपका लागि डाक्टरले बोलाएका छन् भने त्यसलाई फलो गर्नु पर्छ । गिजाको शल्यक्रियाजस्तो स्थितिमा घाउ भरिन र पूरै सामान्य हुन समय लाग्छ, त्यसैले नियमित फलोअपमा ध्यान दिनु राम्रो हुन्छ ।

३. आफैँ डाक्टर बन्नु

 डाक्टरको सल्लाहबीना कुनै पनि औषधि सेवन गर्दा समस्या गम्भीर बन्न जान्छ । हामीलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस हुनासाथ तुरुन्त हस्पिटल जानु पर्दछ । आफैंँ घरेलु उपचारमा लाग्दा समस्या झनै जटिल बन्दै जान सक्छ ।

४. आफूलाई भएका सबै समस्या नभन्नु

 उपचार गर्नु पूव आफूले योभन्दा पहिला पनि उपचार गराएको भए त्यसको विवरण डाक्टरलाई भन्नु पर्दछ । कुन औषधि कति लामो समयदेखि खाइरहनुभएको छ, कुन औषधिले एलर्जी भएको छ वा छैन, सबै बताउँदा उपचारमा सहजता आउँछ । शरीरका अन्य भागको समस्या बताउँदा दाँतको उपचारमा पनि लाभकारी हुन सक्छ ।

५. हतारहतार दाँत मोल्नु

 प्रायजसो मानिसहरु दाँतको सफाइमा समय दिँन झन्झट मान्छन् । हतारहतार ब्रस गर्दा दाँतको इनामेल कमजोर हुन्छ । त्यसैले दाँतलाई स्वस्थ बनाउन अलि समय लगाएर ब्रस गर्नुपर्छ भने दिनमा कम्तीमा दुईपटक दाँत माझ्नुपर्छ । नरम ब्रसले दाँतकोे बाहिर र भित्र दुवैतर्फ सफाई गर्नुपर्छ । मुखको हरेक कुनामा ब्रस पुग्नुपर्छ । ब्रसलाई तीन–चार महिनामा बदल्नुपर्छ ।

६. एन्टिसेप्टिक माउथवास नगर्नु

ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ । दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँतको सडन र गिजाको संक्रमण निम्तन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास या इन्टरडेन्टल ब्रसको प्रयोग दाँतको बीचभाग सफा राख्न गरिन्छ । मुखलाई किटाणुरहित बनाउँन राति सुत्नुअघि एन्टिसेप्टिक माउथवासबाट एकपटक कुल्ला गर्नु आवश्यक हुन्छ ।

७. जंकफुड बढी खानु

बजारमा उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । बढी सोडा, कोल्ड ड्रिंकजस्ता पेयपदार्थले दाँतलाई हानी गर्छन् । यिनीहरुले दाँतको इनामेललाई नोक्सानी पु¥याउँछन् र दाँतमा झन्झनाहट पैदा हुन्छ । यस्तै, अधिकमात्रामा गुलियो र टाँसिने पदार्थ जस्तै, क्यान्डी, चिप्स, क्रिम, बिस्कुट खानाले दाँतमा सडन पैदा हुन्छ । यी चिज कम खानुपर्छ । यदि बालबालिकाले बढी जिद्दी गर्छन् भने सातामा एकपटकमात्र यस्ता पदार्थ दिने बानी बसाउनुस् । यस्तो चिज खान दिनेबित्तिकै ब्रस गराउन नभुल्नुस् ।

८. हरियो सागसब्जी र फल नखानु

 हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थताका लागि जरुरी हुन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामिन सि र भिटामिन डी दाँतका लागि फाइदाजनक हुन्छ । भिटामिन सिले गिजा स्वस्थ पार्छ । अनुसन्धानअनुसार जुन व्यक्तिले दैनिक करिब ८ सय मिलिग्राम भिटामिन डी सेवन गर्छ, उसमा गिजाको समस्या कम देखा पर्छ । भिटामिन डी मुख्यत चीज, दूध तथा दहीमा पाइन्छ ।

९. सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु

 चुरोट, बिडी, सुर्तीजस्ता सुर्तीजन्य पदार्थले गिजामा हानी गर्छ । दाँत पहेलो, कालो भएर बिग्रन्छ । साथै यस्ता कुराले गिँजाको क्यान्सरसमेत बनाउँछ ।

१०. अन्य केही नराम्रा बानी

 केही नराम्रा बानीहरु जस्तै, राति सुतेको समयमा दाँत कट्कटाउनु, पेन्सिल या कलम टोक्नु, आइसक्रिम चपाएर खानुजस्ता बानीले दाँतको इनामेल र दाँतसम्बन्धी हड्डीमा नराम्रो असर पर्छ । एजेन्सी

teeth

विशेष