समाज

छोरी जन्मँदा प्रमिलाले पाइन् १० हजार ?

छोरी जन्मँदा प्रमिलाले पाइन् १० हजार ?
वैशाख ३ । दोलखाकी प्रमिला सुवालले छोरी जन्मदा कसैले प्रोत्साहनस्वरुप पैसा देला भन्ने सोचेकी पनि थिइनन् । बच्चा जन्मनेबित्तिकै अस्पतालका नर्स र अक्य स्टाफले उनलाई बधाइ दिएपछि मात्रै उनले त्यो रहस्य थाहा पाइन् ।शनिबार बनेपाको अभाव बचत तथा ऋण सहकारी संस्थाले अस्पतालमै गएर दिएको १० हजार रकम पाएपछि उनी थप खुसी भइन् ।  ‘छोरी पाउँदा समाजमा हेला गर्ने गरिन्छ, त्यसो नहोस भनेर प्रोत्साहन गर्नुभएको होला’ प्रमिलाले भनिन्, ‘पैसा छोरीको शिक्षामा खर्च गछौं ।’ सहकारीले यसअघि नयाँ बर्षमा जन्मने पहिलो बालिकालाई १० हजार दिने घोषणा गरेको थियो । कान्तिपुर

Baby Born

विशेष