कानुनले छुँदैन नेपाली सेनालाई ?: सेना मान्दैमान्दैन

वैशाख ३ । कुनैपनि घर निर्माण सम्पन्न प्रमाणपत्र नलिए घरमा धारा, पानी, बिजुलीलगायतका कुनैपनि सामाग्री जोड्न पाइदैन ।
यतिसम्म कि बैंकिङसम्बन्धी कुनै काम गर्नुपरे निर्माण सम्पन्न भएको देखाउनैपर्छ ।
तर कतियप सरकारी कार्यालयले निर्माण सम्पन्न प्रमाणपत्र नलिईकनै मनोमानी रुपमा घर निर्माण गरिरहेका छन् । सबैभन्दा बढी कानुन उल्लंघन गर्ने संस्थाको रुपमा नेपाली सेना देखिएको छ ।
नेपाली सेनाले महांकाल अगाडि निर्माण गरेको बहुउद्येश्यीय भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकासँग सोधेको समेत छैन । नक्सा पास गर्न स्वीकृति पनि लिएको छैन ।
समाचार पत्र
Nepal Army
