खेल

आइपीएलमा कोलकाता र दिल्ली विजयी

आइपीएलमा कोलकाता र दिल्ली विजयी

वैशाख ३ । ईन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्स र दिल्ली डेयरडेभिल्स विजयी भएका छन् ।

शनिबार भएको पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १७ रनले हरायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सक्यो ।

त्यसैगरी दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किङ्स ईलेभेन पञ्जावलाई ५१ रनले हराएको छ । खेलमा दिल्लीले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो ।

जितपछि तेस्रो स्थानको दिल्लीको तीन खेलबाट चार अंक भएको छ । चार खेलबाट चार अंक जोडेको पञ्जाब पाँचौं स्थानमा छ

Ipl

विशेष