ला लिगामा रियलले डी गिजोनलाई हरायो

वैशाख ३ । स्पेनिस ला लिगामा रियल मड्रिडले जित निकालेको छ ।
गएराती भएको खेलमा रियल मड्रिडले रेलिगेसन जोनको स्पोर्टिङ डी गिजोनलाई ३–२ ले पराजित गरेको हो ।
गिजोनको घरेलु मैदानमा स्टार खेलाडीहरु खेलमा क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र ग्यारेथ बेल तथा पहिलो रोजाईका गोलरक्षक केयिलर नावास बिना मैदान उत्रिएको थियो ।
तर, उनीहरुको अनुपस्थितिमा रियल मड्रिडको जितमा इस्को नायक बने । रियल मड्रिडलाई जित दिलाउन अन्तिम समयमा निर्णायक गोलसंगै इस्कोले दुई तथा एल्भारो मोराटाले एक गोल गरे । जितसँगै रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधी होड कायम राखेको छ ।
जितपछि शीर्ष स्थानको रियलको ३१ खेलबाट ७५ अंक बनाएको छ । र, एक खेल कम खेलेको रियलले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ । बार्सिलोनाको ३२ खेलबाट ७२ अंक छ ।
Real Madrid
