खेल

क्रिष्टियानो रोनाल्डोमाथि लाग्यो बलात्कारको आरोप

क्रिष्टियानो रोनाल्डोमाथि लाग्यो बलात्कारको आरोप

वैशाख ३ । स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

जर्मन म्यागजिन डेर स्पिएजेलले सन् २००९ मा एक महिलालाई बलात्कार गरेको र ती महिलालाई तीन लाख पाउण्ड स्ट्रलिङ दिएर सुल्झ्याएको आरोप लगाएको हो ।

रोनाल्डोले ती महिलालाई पैसा दिएर घटना गुपचुप राखेको म्यागजिनले आरोप लगाएको छ । घटना भएका बेला २० वर्षको हाराहारीमा रहेकी महिलाबाट प्राप्त भएको चिठ्ठीका आधारमा रोनाल्डोमाथि आरोप लगाइएको म्यागजिनमा उल्लेख छ । तर ती महिलाका बारेमा केही खुलाइएको छ ।

तर, रोनाल्डोले भने आरोप अस्वीकार गर्दै खबर पूरै कपोलकल्पित रहेको दावी गरेका छन् । रोनाल्डोमाथि लगाइएको अरोप अपमानजनक र घृणित रहेको विज्ञप्तिमा उल्लेख छ । रोनाल्डोले आफ्नो अपमान गरेको भन्दै म्यागजिन विरुद्ध कानूनी कारवाहीको प्रक्रिया सुरु गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

Rondaldo

विशेष