समाज

नेपालगन्जको तापक्रम ३८ डिग्री, जनजीवन प्रभावित

नेपालगन्जको तापक्रम ३८ डिग्री, जनजीवन प्रभावित
वैशाख–३ । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । करिब ३८ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन् । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको तथा बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । वैशाखको सुरुआतसँगै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५/४० जना विभिन्न सरुवा रोगका बिरामी उपचार गर्न आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन ।

गर्मी तापक्रम नेपालगन्ज

विशेष