खेल

डिपिएलः रुपन्देहीको लगातार चौथो जित, तालिकाको शीर्ष स्थानमा

डिपिएलः रुपन्देहीको लगातार चौथो जित, तालिकाको शीर्ष स्थानमा
वैशाख–३ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत भएको खेलमा रुपन्देही च्यलेन्जर्स लगातार चौथो पटक विजयी भएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा रुपन्देही विराटनगर किंग्सविरुद्धको खेलमा ६१ रनले विजयी भएको हो । खेलमा १ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्र बनाउन सफल भयो । विराटनगरलाई सस्तोमै समेट्ने क्रममा रुपन्देहीको लागि साहव आलमले सर्वा्धिक चार विकेट लिए । यस्तै दीपेश श्रेष्ठ र कृष्ण कार्कीले समान तीन–तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । रुपन्देहीका लागि अन्तिम थापले सर्वा्धिक ४५ रन बनाए । यस्तै पुष्प थापाले १७ रन तथा हरिशंकर साहले १४ रन बनाए । विराटनगरको लागि सुशील कँडेलले सर्वा्धिक २ विकेट लिए । त्यस्तै पवन सर्राफ, किशोर महतो, सन्दीप लामिछाने र टोलीका कप्तान शरद भेषवाकरले समान एक–एक विकेट लिएका थिए ।

क्रिकेट धनगढी प्रिमियर लिग (डिपिएल) रुपन्देही च्यलेन्जर्स विराटनगर किंग्स

विशेष