खेल

डिपिएलः कञ्चनपुर ६ विकेटले विजयी

डिपिएलः कञ्चनपुर ६ विकेटले विजयी
वैशाख–३ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा कञ्चनपुर आइकोनिक विजयी भएको छ । लिगअन्तर्गत आइतबार भएको खेलमा कञ्चनपुर सिवाइसी अत्तरियाविरुद्धको खेलमा ६ विकेटले विजयी भएको हो । खेलमा ८६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले १० ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाउन सफल भयो । कञ्चनपुरको लागि सुनिल धमलाले सर्वाधिक २८ रन जोडे । त्यस्तै हसिम अन्सारी र सागर पुनले समान २२ रन जोडे भने विनोद भण्डारीले १६ रन जोडे । सिवाइसीको लागि विनोद लामाले दुई तथा ज्ञानेन्द्र कुवँरले एक विकेट लिए । पहिले ब्याटिङ गरेको सिवाइसीले निर्धा्रित २० ओभरमा मात्र ८५ रन बनाएको थियो । सिवाइसीको लागि प्रदीप ऐरीले १९ र ज्ञानेन्द्र कुवँरले १५ रन बाहेक अन्यले दोहोरो रनको साझेदारी गर्न सकेनन् । कञ्चनपुरका लागि अभिनाश कर्ण र सुनिल धमलाले समान तीन–तीन विकेट लिए ।

कञ्चनपुर आइकोनिक क्रिकेट धनगढी प्रिमियर लिग (डिपिएल) सिवाइसी अत्तरिया

विशेष