आइपिएलः मुम्बई इण्डियन्सको लगातार चौथो जित, तालिकाको शीर्ष स्थानमा


वैशाख–३ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले लगातार चार खेलमा जित हात पारेको छ । आइतबार भएको खेलमा गुजरात लायन्सविरुद्धको खेलमा मुम्बई ६ विकेटले विजयी भएको हो । गुजरातले दिएको १७७ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरको खेलमा ३ बल मात्र बाँकी रहँदा भेट्टाएको हो । मुम्बईको लागि नितिश रानाले सर्वाधिक ५३ रन बनाए । यस्तै टोलीलाई जिताउन रोहित शर्माले ४० तथा केरन पोलार्डले ३९ रनको साझेदारी गरे । गुजरातको लागि एन्ड्रयु तेयीले दुई विकेट लिए भने प्रविन कुमार र मुनफ पँटेलले समान एक–एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । गुजरातको लागि ब्राण्डम म्याकलमले सर्वाधिक ६४ रन बनाए । त्यस्तै दिनेश कार्तिकले ४८ र सुरेश राइनाले २८ रन बनाउन सफल भए । मुम्बईको लागि मिचेल मिक्लेनाहानले सर्वाधिक दुई विकेट लिए भने लासिथ मालिंगा र हबर्जन सिंहले समान एक–एक विकेट लिए । जितसँगै मुम्बई इण्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट गुजरात लायन्स मुम्बई इण्डियन्स