समाज

राष्ट्रपति आज भारत जाँदै, सरकारद्वारा २ दिन विदा

राष्ट्रपति आज भारत जाँदै, सरकारद्वारा २ दिन विदा

वैशाख ४ ।   राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि अाज  छिमेकी भारत प्रस्थान गर्दैछिन् । सरकारले उनको भारत भ्रमण राजकीय भएको भन्दै प्रस्थान गर्ने र फर्किने दुवै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिको भ्रमण कार्यक्रम स्वीकृत गर्दै गृहमन्त्रालयको प्रस्तावमा राष्ट्राध्यक्षको सम्ममानमा दुई दिन विदा दिने निर्णय गरेको हो । पञ्चायतकालमा तत्कालीन राजा विदेश भ्रमणमा जाँदा र आउँदा दुई दिन विदा दिने प्रचलन थियो । मुलुकमा संघीय गणतन्त्र स्थापनापछि पनि सरकारले त्यही ‘राजकीय परम्परा’ कायम गर्दै राष्ट्रपतिको राजकीय भ्रमणमा प्रस्थान गर्ने र फर्किने दिन बिदा दिएको हो ।

लोकतान्त्रिक मुलुकहरूमा राष्ट्रध्यक्ष विदेश भ्रमणमा जाँदा र फर्किँदा विदा दिने परम्परा हुँदैन। ‘भ्रमणमा जाने र आउने दुवै दिन विदा दिने गृह मन्त्रालयबाट आएको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको छ’, सहकारी एवं गरिबी निवारणमन्त्री हृदयराम थानीले भने । राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने धारणा राखेकी थिइन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भण्डारी भारत जान लागेकी हुन् ।

सरकारले भने प्रथम राष्ट्रपति डा.रामवरण यादव भारतको राजकीय भ्रमणमा जाँदा विदा दिएको परम्परालाई निरन्तरता दिएको हो। तत्कालीन राष्ट्रपति यादवले पनि आफ्नो औपचारिक भ्रमणमा विदा नदिन र सडक खुला नगराउन आग्रह गरेका थिए।

कान्तिपुर

Bidya Bhandari

विशेष