समाज

मैना सुनुवार हत्याकाण्ड: महासेनानी र सहसेनानीलाई जन्मकैद

मैना सुनुवार हत्याकाण्ड: महासेनानी र सहसेनानीलाई जन्मकैद

वैशाख ४ । सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ ।

मओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जना सेनाको टोलीले पक्राउ गरि ल्याएको थियो ।

जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालिन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैद हुने फैसला गरेको छ ।

समाचारपत्र

Maina Sunuwar

विशेष