स्वास्थ्य

पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा क्रमिक सुधार

पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा क्रमिक सुधार

वैशाख ४ । गत चैत २५ गते शुक्रबारदेखि नर्भिक अस्पतालमा उपचाररत् पूर्वअधिराजकुमारी प्रेरणा सिंहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकीय टोलीले सिंहको बायाँ खुट्टामा देखापरेको कमजोरीमा उल्लेखनीय सुधार आइ थप सहारामा हिँडडुल गर्नसक्ने भएको जनाएको छ ।

सुरुआतमा ‘सेरिवल भनेस् साइनस् थम्बोसिस’ भएको पाइएको र सोहीअनुसार उपचार चलाइएको अस्पतालले आइतबार विज्ञप्ति जारी गरी जनाएको छ ।

नर्भिकका स्नायुरोग विशेषज्ञ डा। पंकज जलान र पूर्वअधिराजकुमारीका पारिवारिक चिकित्सक डा। किशोरजंग राणा उपचारमा संलग्न छन् ।

Prerana Shah

विशेष