समाज

३४ सदस्यीय टोली सहित राष्ट्रपति भण्डारी भारत प्रस्थान

३४ सदस्यीय टोली सहित राष्ट्रपति भण्डारी भारत प्रस्थान

बैशाख ४ । राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेकी छन् ।

भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा नयाँ भण्डारी दिल्ली प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती लगायतले विदाइ गरे ।

राष्ट्रपति भण्डारी नेतृत्वको ३४ सदस्यीय टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु, संसदहरु तथा राष्ट्रपति पूत्री उषाकिरण भण्डारीलगायत सामेल छन् । राष्ट्रपतिले गत वर्ष नै भारत भ्रमण गर्ने तय भएको थियो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अन्तिम समयमा आएर भ्रमण रद्द गरेको थियो । राष्ट्रपति भण्डारीको भ्रमणलाई लक्षित गर्दै सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।

Bhandari

विशेष