खेल

धनगढी प्रिमियर लिगमा टिम चौराहाको दोस्रो जीत

धनगढी प्रिमियर लिगमा टिम चौराहाको दोस्रो जीत

बैशाख ४ । धनगढी प्रिमियर लिगमा धनगढी टिम चौरहा विजयी भएको छ ।

धनगढीको एसएसपी क्रिकेट मैदानमा आज भएको खेलमा धनगढी टिम चौराहाले रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले ९१ रन मात्र बनाउन सक्यो ।

रुपन्देहीका लागि सर्वाधिक ४९ रन प्रकाश केसी र अन्तिम थापाको ११ रन बाहेक अन्यकुनै पनि व्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन् । रुपन्देहीलाई धरापमा पार्ने क्रममा ललित राजवंशीले ४ विकेट लिए । जवाफि व्याटिङ गरेको धनगढीले ११ ओभरमा ९७ रन बनायो ।

जसमा कप्तान पारस खडकाले ४२ रनको योगदान गरे भने प्रिथु बास्कोटाले १५ रन बनाए । जीतसंगै टिम चौराहा प्ले अफमा पुगेको छ ।  कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले ७ लाख नगद प्राप्त गर्ने छ ।

Dhandahi Primer leauge Team Chauraja

विशेष