मनोरञ्जन

कलाकार क्षेत्रीको लागि सहयोग जुट्दै, बेलायतबाट पनि आयो तीन लाख

कलाकार क्षेत्रीको लागि सहयोग जुट्दै, बेलायतबाट पनि आयो तीन लाख

बैशाख ४ । बिरामी परेका कलाकार दिपक क्षेत्रीको लागि दश विदेशबाट धमाधम सहयोगको लागि रकम उठ्ने क्रम जारी छ ।

केही समयअघि ओरिकामा रहेका कलाकारहरुले सहयोगको लागि रकम उठाउन सुरु गरिसकेपछि अहिले बेलायतबाट पनि रकम उठेको छ । यूकेमा बसोबास गर्ने नेपाली समुदाय तथा क्षेत्री समाज यूकेबाट तीन लाख रुपैँया रकम उठेको छ ।

क्षेत्री समाज यूकेका पूर्व अध्यक्ष प्रेम खड्काको हातबाट बिरामी कलाकार क्षेत्रीलाई हस्तान्त्रण गरियो ।  बिरामी कलाकार क्षेत्रीको अन्तर्वाता प्रसारण भएपछि उनको लागि देश विदेशबाट सहयोग बढ्न थालेको हो ।

त्यस्तैगरि चलचित्र पत्रकार संघ नेपालले पनि आर्थिक संकलन गर्दै उनको उपचारको लागि पहल गरिरहेको छ । यसका साथै संसारभरका नेपालीहरुले आफ्नै तरिकाले सहयोगको अभियान चलाईरहेका छन् । घाँटीमा मासु पलाएपछि राम्ररी बोल्न नसक्ने भएका क्षेत्रीको अहिले उपचार सुरु भइसकेको छ ।

Dipak Xetri

विशेष