समाज

अन्ततः पछि हट्यो सरकार, राष्ट्रपति फर्कदा दिने बिदा फिर्ता

अन्ततः पछि हट्यो सरकार, राष्ट्रपति फर्कदा दिने बिदा फिर्ता

बैशाख ४ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत जाँदा र फर्कँदा दिएको बिदामध्ये फर्कंदाको बिदा फिर्ता गरेको छ ।

चौतर्फी विरोध भएपछि सरकारले राष्ट्रपति भारत भ्रमण गरी फर्कने दिन शुक्रबार दिने भनिएको सार्वजनिक विदा कटौती गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार सबैतिरबाट बिदाको विरोध भएका कारण सोमबारको बिदा यथावत रहे पनि आगामी शुक्रबारको बिदा फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण बेला दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Bida Nepal Government

विशेष