मनोरञ्जन

सेन्सरबाट हट्यो रवीनाको फिल्म, १० मिनेट पनि स्कृनिङ्मा टिक्न सकेन

सेन्सरबाट हट्यो रवीनाको फिल्म, १० मिनेट पनि स्कृनिङ्मा टिक्न सकेन

बैशाख ४ । बलिउड अभिनेत्री रविना टण्डन स्टार फिल्म ‘मातृ’ सेन्सर बोर्डको मन जित्नमा असफल रह्यो । बलात्कार जस्तो गम्भीर अपराधमा बनेको उक्त फिल्म हेर्न सुरु गरिएको १० मिनेटमै सेन्सर बोर्डका सदस्यहरु उठेर निस्किएका थिए ।

फिल्मको लागि सेन्सर बोर्डका सदस्यहरुसँग स्पेसल स्कृनिङ राखिएको थियो । तर, फिल्म पर्दामा दश मिनेट पनि टिक्न सकेन । सेन्सर बोर्डका एक समस्यका अनुसार, फिल्मको स्कृनिङ हुनुभन्दा पहिला उक्त सदस्यहरुलाई स्क्रीप्टको कपी दिइन्छ । त्यसबाट उनीहरुलाई कुन भाग काट्न भन्ने कुरामा ध्यान दिन्छन् । तर फिल्म ‘मातृ’ सुरु भएको १० मिनेटमा नै आफूहरुलाई फिल्मबारे सहि जानकारी नदिएको थाहा भएको उनीहरुले बताएका थिए ।

फिल्मका निर्माताले केही कारणवश फिल्मको स्क्रीनिङ हुन नपाए पनि आफू एकपटक फेरि पनि बोर्डका सदस्यहरुलाई फिल्म देखाउने बताएका छन् । २१ अप्रिलका दिन रिलिज हुन लागेको उक्त फिल्ममा रविना आमाको भूमिकामा देखिन्छिन् । उनकी छोरीलाई कसैले बलात्कार गरेको कारण उनी उक्त अपराधीको विरोधमा उत्रिएकी हुन्छिन् ।

फिल्मले बलात्कारको शिकार भएको समाज र कानूनको न्यायव्यवस्थाको विफलतालाई उजागर गर्ने बताइएको छ ।

Rabina Tandon

विशेष