आइपिएलः विराटको टोली पराजित, पुणे २७ रनले विजयी
वैशाख–४ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा २७ रनले विजयी भएको हो । पुणेले दिएको १ सय ६२ रनको लक्ष्य पाछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सफल भयो । बैंग्लोरका लागि एबिडी भिलियर्सले सर्वाधिक २९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि जितको लागि पर्याप्त रहेन । पुणेका लागि बेन स्टोक्स र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । टोलीको लागि राहुल त्रिपाठीले सर्वाधिक ३१ रन बनाए । त्यसतै अजिन्क्या रहानेले ३०, महेन्द्रसिंह धोनीले २८ तथा स्टेभेन स्मिथ र मनोज तिवारीले समान २७ रन बनाएका थिए । पाँच खेलमा खेलेको बैंग्लोरको यो चौथो हार हो । अंक तालिकामा बैंग्लोर दुई अंकका साथ पुछारमा छ । पाँच खेलबाट चार अंकसहित पुणे छैटौं स्थानमा छ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट राइजिङ पुणे सुपरजाइण्ट रोयल च्यालेन्जर्स बैंग्लोर