राष्ट्रिय टोलीका फुटबलरको गोली हानी हत्या


वैशाख–४ । पानामाको राष्ट्रिय फुटबल टोलीका एक खेलाडीको गोली हानी हत्या भएको छ । ३३ वर्षीय मिडफिल्डर एमिल्कर हेनरिक्युजको गोली लागेर ज्यान गएको हो । गएको महिना विश्वकप छनौट अन्तर्गत अमेरिकासँगको खेलमा खेलेमा हेनरिक्युज उएभो कोलोनमा गोली लागेको अवस्थामा आइतबार भेटिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको फक्स स्पोर्टसले जनाएको छ । घटनामा अरु दुईजना पनि घाइते भएका छन् । हेनरिक्युजले राष्ट्रिय टोलीबाट ७५ खेल खेलिसकेका छन् । गोली हान्नेको खोजी भइरहेको र पानामाका राष्ट्रपतिले पनि घटनाका दोषीलाई पक्राउ गर्न निर्देशन दिएको बताइएको छ । एमिल्कर हेनरिक्युज पानामा राष्ट्रिय फुटबल टोली हत्या