देश

दुई सातादेखि हराइरहेका युवक मृत फेला

दुई सातादेखि हराइरहेका युवक मृत फेला
बैशाख - ४ । जाजरकोटमा दुई सातादेखि हराईरहेका एक युवक मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी नलगाड नगरपालिका १ का ३३ वर्षीय परिमल विश्वकर्मा शिवालय गाँउपालिका १ छेडागाडमा सोमवार मृत अवस्थामा फेला परेका हुन् । छेडाखोलाको खोल्सामा मृतकको लास भेटिएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । गन्ध आएपछि खोज्दै जाँदा लाश भेटिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । अध्ययनको सिलसिलामा पाल्पाबाट फर्कने क्रममा उनी गत चैत्र २३ गते छेडाबजारबाट एक्कासी हराएका थिए । घरपरिवारले खोजीगरिदिन भन्दै निवेदन दिएपछि प्रहरीले हुलिया जारी गरेर खोजी गरेको थियो । यातायात सेवा बन्द भएको बेला छेडा भन्ने ठाँउमा रातभर गाडी रोकिएको र पिसाव फेर्ने क्रममा लडेर ज्यान गएको प्रहरीले अनुमान गरेको छ । 'घटनाबारे थप अनुसन्धान भैरहेको छ' प्रहरी निरीक्षक अवस्थीले भने ।
दीपबहादुर घर्ती/जाजरकाेट

मृत फेला

विशेष