Technology

बन्यो उड्ने कार, हावामा १ सय ७७ किलोमिटरप्रति घण्टाको गतिमा उड्ने

बन्यो उड्ने कार, हावामा १ सय ७७ किलोमिटरप्रति घण्टाको गतिमा उड्ने

वैशाख – ४ । अझैसम्म उड्ने कारको कल्पना साइन्स फिक्सनमा मात्रै सिमित थियो । दशकौँसम्म वैज्ञानिकहरुले यसलाई वास्तविकतामा उतार्ने प्रयास गरिरहे । तर, पोर्चुगलको एक स्टार्ट अप कम्पनीले उड्ने कारको सफलतापूर्वक परीक्षण गरेर कल्पनालार्इ वास्तविकतामा परिणात गरिदिएकाे छ । उक्त कम्पनीको सफल परीक्षण प्रश्चात् कारको लन्चिङको प्रक्रिया सुरु गरेको छ । कम्पनीले परीक्षणका क्रममा हवाइ र सडक यातायातका नियममा पनि ध्यान दिएको थियो । उड्ने कारमा विमानमा जस्तै ती पांग्रा जडान गरिएको छ । यसको माथि हेलिकप्टरको जस्तै दुईवटा ब्लड फोल्डिंग पंखा जडान गरिएको छ, जसले हावामा उठाउन सहयोग गर्दछ । त्यस्तै पछाडिको भागमा प्रोपेलर लगाइएको छ जसले कारलाई हावामा अगाडि बढाउने गति प्रदान गर्दछ । सुरक्षाको दृष्टिले हेर्दा यसमा एक सय हर्स पावरका दुईवटा इन्जिन जडान गरिएको छ । यो कार हावामा १ सय ७७ किलोमिटर प्रति घण्टा र सडकमा १ सय ६१ किलोमिटर प्रति घण्टाको गतिको रफ्तारमा चल्न सक्छ । यसलाई सडकबाट हावामा जानका लागि केवल १० मिनेट लाग्छ । यो कारमा पाइलटसहित दुई व्यक्ति बस्ने व्यवस्था छ । यसलाई चलाउनका लागि पाइलटको लाइसेन्सका साथै २५ घण्टा उडानको अनुभव लिएको हुनु पर्ने छ । यसको बेसिक मोडेलका मूल्य हाल चार लाख अमेरिकी डलर (४० करोड ६८ लाख नेपाली रुपैयाँ) तोकिएको छ ।

Flying Car

विशेष