समाज

आमा-बाबुसँगै सुतेको डेढ बर्षको बालक ओछ्यानबाटै गायब

आमा-बाबुसँगै सुतेको डेढ बर्षको बालक ओछ्यानबाटै गायब
बैशाख ५ । आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएको छ । अस्थायी टहरामा बस्दै आएका सोमबहादुर दम्पतीले बालक राती २ बजेतिर ओछ्यानबाटै गायब भएको बताएको प्रहरीले जनाएको छ । त्रिपालले बेरेर बनाएको टहराबाट बालक हराएका थिए । ‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टि सुताएको थिएँ’, सोमबहादुरले भने, ‘बिहानपख उठेर हेर्दा सँगै सुतेको जोठो छोरा थियो तर कान्छो ओछ्यानमा थिएन ।’ काखमा रहेको छोरा हराएपछि आमा मनमाया अचेत बनेकी छन् । कान्तिपुर

Bepata

विशेष