समाज

ट्राफिक प्रहरीले हर्न बजाउने ४ सय २१ लाई कारबाही गर्यो

ट्राफिक प्रहरीले हर्न बजाउने ४ सय २१ लाई कारबाही गर्यो

बैशाख ५ । काठमाडौं उपत्यकमा बैशाख १ गतेबाट हर्न निशेधित क्षेत्र घोषणा गरेपछि धमाधम कारबाही गर्न थालेको छ ।

उपत्यकामा हिजो ४ सय २१ जना सवारीचालकलाई कारबाही गरेको छ । त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउने ६२ जना कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै लेन उलल्ंघन गर्ने ४७ चालक कारबाहीमा परेका छन् भने १ सय ८ चालकलाई निषेधित क्षेत्रमा पार्किङ गरेकोमा कारबाही गरेको छ ।

त्यस्तै १२ जना जेब्रा क्रसिङमा सवारी रोक्ने चालक कारबाहीमा परेका छन् भने विभिन्न कारबाहीमा ८ सय ३१ जना परेका छन् । हिजो मात्र उपत्यका ट्राफिक प्रहरीले १४ सय ४१ चालक कारबाहीमा परेको जनाएको छ ।

Traffic Police

विशेष