खेल

आईपिएलः सनराइजर्सले पंजावलाई हरायो

आईपिएलः सनराइजर्सले पंजावलाई हरायो

बैशाख ५ । इण्डियन प्रिमियर लिग (आईपिएल) मा गएराति भएका खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स विजयी भएका छन् ।

गएराति भएको पहिलो खेलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ४ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । जवाफि व्याटिङ गरेको कोलकत्ताले ६ विकेट गुमाउंदै १ सय ६९ रन बनायो ।

जीतसंगै कोलकात्ता लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा सनराइजर्स हैदरवादले किङ्स इलाभेन पंजावलाई ५ रनले पराजित गरेको छ । टस हारेको हैदरावादले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

१ सय ६० रनको लक्ष्य सहित मैदानमा उत्रिएको पंजावले १९ दशमलब ४ ओभरमा आफ्ना सबै व्याट्म्यान गुमाउंदै १ सय ५४ रन मात्र बनाउन सक्यो । प्रतियोगिता अन्र्तगत आज गुजरात लायन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ ।

Ipl

विशेष