Technology

वर्ल्डलिंकद्वारा ‘१०० जीबीपिएस’ नेटवर्क विस्तारको शुरू

वर्ल्डलिंकद्वारा ‘१०० जीबीपिएस’ नेटवर्क विस्तारको शुरू

वैशाख ५ । वल्र्डलिङ्क कम्युनिकेशनसले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम’ नेटवर्क सेवाको विस्तार गर्ने योजना बनाएको छ ।

कम्पनीले मुख्यशहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीलाई लक्षित गर्दै छिटो, भरपर्दो र इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा प्रदान गर्ने लक्ष लिएको जनाएको हो ।

हाल उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । नेपालमा इन्टरनेट सेवाको विकास तथा विस्तारको लागि एउटा महत्त्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायी भूमिका खेलि रहेको यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदान गर्न लागेको २१ वर्ष पुगेको जनाएको छ ।

इन्टरनेट सेवा विस्तारका लागि पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरिसकेको यस कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ । वल्र्डलिङ्कले तीन प्रमुख अमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्क तथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘१०० जीबीपिएस’ भन्दाधेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यका तथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको जनाएको छ ।

हाल उपलब्ध प्रविधिमध्ये सबैभन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल तथा अप्टिकल लाइन टर्मिनलका लागि नोकिया नेटवर्क कम्पनीसँग सम्झौता भइसकेको जनाएको छ । नोकिया ९ पहिले अल्काटेल लुसेन्ट ० अप्टिकल नेटवर्क प्रविधिमा विश्व बजारको नेतृत्व गरेको सबैभन्दा लोकप्रिय कम्पनी भएको जनाइएको छ ।

वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४० भन्दावढी एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरकफरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु ग्लोवल ओभर द टप कन्टेन्ट सेवाको विस्तार गरेको जनाएको छ ।

The world Link

विशेष