समाज

विरता र बहादुरीको कृति ‘हनुमान चालिसा’ अव अंग्रेजी भाषामा

विरता र बहादुरीको कृति ‘हनुमान चालिसा’ अव अंग्रेजी भाषामा

वैशाख - ५ । नेपालीले विरता र बहादुरीको कृतिका रुपमा अध्ययन गर्ने गरेको ‘हनुमान चालिसा’लाई अब अङ्ग्रेजी भाषामा समेत रुपान्तरण गरिएको छ। लेखक महेश्वर खनालले हनुमान चालिसालाई अङ्ग्रेजी, नेपाली र नेपाली लोक (झ्याउरे) लयमा रुपान्तरण गरेका हुन्। हनुमान चालिसा पाठ गर्दा त्यसले सकारात्मक सन्देश दिने र दिनभर स्फूर्ति बढ्ने भएकाले संस्कृत भाषामा लेखिएको हनुमान चालिसालाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्यका साथ आफूले सानो प्रयास गरेको उनले बताए। आम नेपालीले पनि सहज रुपमा बुझ्न र पढ्न सकुन् भन्ने उद्देश्यले आफूले तीनवटै भाषामा रुपान्तरण गरेको लेखक खनालको भनाइ छ। कुल ५६ पेजको उक्त कृतिलाई सजिता पराजुलीले प्रकाशन गरेकी हुन्। पुस्तकले आमनागरिकलाई हनुमान चालिसा पढाउने लक्ष्यका साथ खनालले गरेका प्रयास सकारात्मक रहेको लेखक एवम् विद्वान् रामबाबु खनालको भनाइ छ। राजनीतिक विश्लेषक मुमाराम खनालले हालै लोकार्पण गरेका थिए।

Hanuman Chalisa

विशेष